नियम ९
मूल नियमावलीको नियम १३ मा संशोधन
मूल नियमावलीको नियम १३ को,–
(१) उपनियम (२) मा रहेका “मन्त्रालय, निजामती कितावखाना तथा सामान्य प्रशासन
मन्त्रालयको क्षेत्रीय कार्यालयलाई” भन्ने शब्दहरुको सट्टा “मन्त्रालय तथा निजामती
कितावखानालाई” भन्ने शब्दहरु राखिएका छन् ।
(२) उपनियम (२) पछि देहायका उपनियम (३) र (४) थपिएका छन् ः–
“(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि फाजिलमा रहेका
सम्बन्धित सेवा, समूह वा उपसमूहका निजामती कर्मचारीलाई रिक्त पदमा मिलान गरेर मात्र बाँकी पदमा पदपूर्तिको लागि माग गर्नु पर्नेछ ।
(४) ऐनको दफा ७क. को उपदफा (३) बमोजिम आर्थिक वर्ष भित्र रिक्त हुने पद
माग गर्दा पद रिक्त हुने आधार र कारण स्पष्ट रुपमा उल्लेख गरी पठाउनु पर्नेछ । गलत
विवरण राखी पदपूर्तिको लागि माग गर्ने अधिकारीलाई विभागीय सजाय गरिनेछ ।”